न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकार अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेश द्वारा गरिएको एक स्वास्थ्यकर्मी सरुवा निर्णय यतिबेला विवादमा परेको छ।
मन्त्रालयको निर्णयअनुसार जनरल हेल्थ सर्भिस अन्तर्गत अधिकृत आठौँ तहका मेडिकल अधिकृत डा. बृजेन्द्र कुमार साहलाई सिरहाको लहानस्थित राम कुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालबाट सर्लाहीको प्रादेशिक अस्पताल मलंगवामा सरुवा गरिएको थियो।
गोप्य स्रोतका अनुसार सरुवा भएपनि डा. साह आर्थिक प्रलोभन, मिलोमत्तोको आधारमा पुनः लहानमै बस्ने योजना बनाइरहेका छन्। स्रोतका अनुसार उनी जनकपुरधाम पुगेर मन्त्रालयमा आफूलाई पुनः सोही अस्पतालमा राख्ने प्रयासमा जुटेका छन्।
यस विषयमा जङिलाल राय यादव (मधेश प्रदेशका स्वास्थ्य मन्त्री) सँग गरिएको कुराकानीमा उनले सरुवा गरिएको पुष्टि गर्दै भने,“सरुवा त गरिएको हो, तर यदि लहानका जनताले त्यहीँ राख्न माग गरे भने मिलाउनुपर्ने अवस्था आउन सक्छ।”
सरुवा पत्र किन जारी गरिएको भन्ने प्रश्नमा उनले आफू हाल सर्लाहीमा रहेको उल्लेख गर्दै भोलि प्रशासनसँग बुझेर स्पष्ट पार्ने प्रतिक्रिया दिए। यता मन्त्रालयका सचिव डा। प्रमोद यादवले भने सरुवा निर्णय कार्यान्वयन गर्नैपर्ने स्पष्ट पारेका छन्।
उनका अनुसार, सरुवा भएपछि तोकिएको ठाउँमा जानैपर्छ। नगएमा सम्बन्धित कर्मचारी आफैं जिम्मेवार हुन्छ। लहानमा बस्न पाइँदैन। पैसाको लोभमा मन्त्रालय चल्दैन, यो निराधार आरोप हो।
सरकारी कर्मचारी सरुवासम्बन्धी प्रचलित नियमअनुसार, सरुवा भएको मितिबाट २१ दिनभित्र सम्बन्धित कर्मचारीले नयाँ कार्यस्थलमा हाजिर हुनुपर्ने व्यवस्था रहेको छ। तोकिएको समयभित्र हाजिर नभएमा विभागीय कारबाहीदेखि अन्य कानुनी प्रक्रिया समेत अघि बढ्न सक्ने प्रावधान रहेको जानकारहरू बताउँछन्।
यता, लहानका स्थानीय बासिन्दाले भने डा. बृजेन्द्र साहमाथि अस्पतालमा पर्याप्त समय नदिएको आरोप लगाएका छन्। उनीहरुले दिनभर निजी क्लिनिकमै व्यस्त रहने र सरकारी अस्पतालको सेवा प्रभावित भएको गुनासो गरेका छन्।
सरुवा निर्णय कार्यान्वयन हुन्छ कि पुनः मिलेमतोमार्फत परिवर्तन गरिन्छ भन्ने विषयले अहिले स्थानीयस्तरमा चासो र बहस बढाएको छ।
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८२ चैत ४ बुधबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्







