Close This

अब जलेश्वर अस्पतालमै डायलासिस सेवा सुरु, जनकपुर जानै नपर्ने

२०८२ चैत १८ बुधबार
बेलुकी ७:२७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर । जलेश्वरस्थित प्रादेशिक अस्पताल जलेश्वर मा बुधबारदेखि डायलासिस सेवा सुरु भएसँगै यस क्षेत्रका मिर्गौला रोगीलाई ठूलो राहत पुगेको छ।

अस्पतालले छ वटा डायलासिस मेसिन जडान गरेकामा पाँच वटा नियमित सञ्चालनमा ल्याइएको छ भने एक मेसिन आकस्मिक अवस्थाका लागि छुट्याइएको छ। मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल राय लगायतका पदाधिकारीले सेवाको उद्घाटन गरेका हुन्।

जनशक्ति अभावका कारण तीन वर्षदेखि थन्किएको डायलासिस सेवा आवश्यक व्यवस्थापनपछि सञ्चालनमा आएको अस्पतालले जनाएको छ। यसअघि यहाँका बिरामीलाई डायलासिसका लागि जनकपुर वा अन्य सहर धाउनुपर्ने बाध्यता थियो।

स्थानीयले सेवा सुरु भएसँगै समय र यातायात खर्चमा कमी आएको बताएका छन्। सरकारले डायलासिस सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ।

जलेश्‍वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारले जलेश्वरका बासिन्दालाई जनकपुरदेखि काठमाडौँसम्म  डायलासिसका लागि सिफारिसका साथै आफ्नै गाडीबाट लग्ने गरेको बताउँदै यहाँ सुरुवातसँगै जलेश्वरसहित यस क्षेत्रका बासिन्दालाई राहत पुगेको बताए ।

अस्पतालमा डायलासिस सुरु भएसँगै यसक्षेत्रका बासिन्दालाई आर्थिक राहतसँगै समयको समेत बचत हुने देखिएको छ । जिल्लामा एउटा पनि डायलासिस मेसिन नहुदाँ मृगौला बिरामीलाई आर्थिक बोझका साथसाथै हैरानी समेत खेप्नु परिरहेको थियो।

महोत्तरीका मिर्गौला रोगीलाई डाइलासिसका लागि जनकपुरसहित बाहिर जानुपर्ने वाध्यता रहेको थियो । जसले समयको बर्वादी तथा रकमको खर्च गरी दोहोरो मर्का हुने गरेको जलेश्‍वर नगरपालिका वडा नं. २ का विष्णु चौधरीले बताए ।

अस्पतालले आगामी दिनमा आइसियु, एनआइसियु तथा डिजिटल सेवा विस्तार गर्ने तयारीसमेत गरेको जनाएको छ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा जेलमा नाईके यादवको करामतः जेलभित्रै कैदीलाई दाउरा र पाइपले मर्नेगरी कुटेपछि...

  • २०८२ चैत १८ बुधबार

न्यूज ब्यूरो, सिरहा । जिल्ला कारागार सिराहामा ‘नाइके’ को विषयमा निरन्तर झडप र कुटपिट हुँदै आइरहेको घटना बाहिरिएको छ । कारागारमा रहेको कामचलाउ नाइके ईन्द्रजीत यादवको समूहको निर्देशनमा सिरहा जेलभित्रै

पूरा पढ्नुहोस्

Bureau Menus