Close This

धनुषाधामका मेयर बालेश्वर मण्डलले कर्मचारी कुटेको आरोप, कर्मचारीद्वारा उजुरी दर्ता

२०८२ चैत २४ मंगलबार
बेलुकी ७:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषा जिल्ला स्थित धनुषाधाम नगरपालिकामा कार्यरत एक सहायक कर्मचारीले नगरप्रमुखबाट दुव्र्यवहार भएको आरोप लगाउँदै औपचारिक उजुरी दिएका छन्।

नगरपालिकाको आर्थिक प्रशासन शाखामा कार्यरत सहायक स्तरका कर्मचारी सुरेश कुमार मण्डलले प्रमुख जिल्ला अधिकारीसमक्ष दर्ता गराएको निवेदनमा आफूलाई कार्यालयमै अपमानजनक व्यवहार, गालीगलौज तथा हातपातको प्रयास भएको उल्लेख गरेका छन्।

उजुरीअनुसार, कार्यालयको कामकाजकै क्रममा नगरप्रमुखसँग सामान्य विवाद उत्पन्न भएपछि स्थिति तनावपूर्ण बनेको थियो। सो क्रममा नगरप्रमुखबाट अभद्र व्यवहार भएको र कर्मचारीको आत्मसम्मानमा आघात पुगेको दाबी गरिएको छ। साथै, उक्त घटनाले कार्यालयको शान्ति–सुरक्षामा समेत असर परेको निवेदनमा उल्लेख गरिएको छ।

पीडित कर्मचारीले घटनाबारे आवश्यक छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। साथै, कार्यालयमा सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गरिदिन पनि प्रशासनसँग आग्रह गरिएको छ।

उक्त उजुरी जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता भएको र सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी गरेको जनाइएको छ।

यसका साथै, मेयर मण्डलमाथि जिल्ला प्रहरी कार्यालय धनुषामा समेत उजुरी दर्ता गरिएको छ । जिल्ला प्रहरीले मेयर मण्डललाई भोली बुधबार उपस्थितिको लागि अनुरोध गर्दै भोली नआए मुद्दा दर्ता गर्ने समेत उल्लेखित पत्र धनुषाधाम पठाएको हो । 

श्रेस्ताको लागि फाईलको सन्दर्भमा भएको साँचो (चाभी) विवादको क्रममा मेयर मण्डलले कर्मचारीलाई कुटेको आरोप लगाइएको छ । 

सोही घटनमा लेखा समूह धनुषाले समेत मेयर मण्डलमाथि कारवाहीको माग गरेको हो । समूहका धनुषा जिल्ला अध्यक्ष रँजित कुमार यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै मेयरलाई कारवाहीको माग गरेको हो । 

यस सन्दर्भमा मेयर मण्डलसँग सम्पर्क गर्दा उनको दुईटै मोबाईल स्वीच अफ आयो । 

 

  • 0%
  • 0%
  • 0%
  • 33%
  • 0%
  • 67%

सिरहामा पुलिसको असईमा नाम निकालिदिन्छु भनी 'नक्कली डिआईजी' बनेर ठगी गर्ने पक्राउ

  • २०८२ चैत २४ मंगलबार

न्यूज ब्यूरो, सिरहा । नक्कली डिआईजी बनेर रकम ठगी गर्ने एक व्यक्ति सिरहाबाट पक्राउ परेका छन् । उनलाई एक व्यक्तिलाई प्रहरीको असईमा नाम निकालिदिने भनेर रकम ठगी गरेको आरोपमा पक्राउ

पूरा पढ्नुहोस्

Bureau Menus