न्यूज ब्यूरो, जनकपुरधाम । सरकारी विद्यालयमा निःशुल्क पठनपाठन गराएको दाबी गर्ने जनता मावि गिद्धाबेलापट्टिका हेडमास्टर पवन मण्डल आफ्नै विद्यार्थीहरुबाट लखेटिन थालेका छन् ।
विद्यालयमा भएको अनियमितता सम्बन्धी निरन्तर समाचार बाहिरिएपछि उनकै विद्यार्थीहरुले मुखैमुख जवाफ दिन थालेका छन् । उनले समाजिक सँजालमा कक्षा १२ सम्म निःशुल्क पठनपाठन गराएको दाबी गरेपछि पैसा तिरेका विद्यार्थीहरुले उनलाई समाजिक सँजालमै जवाफ दिन थालेका छन् ।
.png)
आईबार अपरान्ह उनले न्यूज ब्यूरोको लोगो राखेर सम्पादक काशिन्द्र शर्माको बारेमा आधारहिन, तथ्यहिन स्टेटस राख्दै निःशुल्क कक्षा पढाएको सन्दर्भ समेत उल्लेख गरेपछि उनीबाट पीडित भएका विद्यार्थीहरुले उनलाई समाजिक सँजालमै जवाफ दिन थालेका छन् । उनकै स्टेटसमा उनकै विद्यार्थीहरुले आफूबाट रकम असुलेको भनेर लेख्न थालेका छन् ।
विभिन्न कक्षामा पढने विद्यार्थीहरुले आफूबाट पैसा लिएर बिल नदिएको समेत प्रष्टाउँदै प्रधानाध्यापक मण्डलले निःशुल्क हुने भेटेनरीको लागि रु. १२,००० रुपैयाँ लिएको लेखेका छन् । सोही विद्यालयमा पढेका रवि यादव नामक विद्यार्थीले समेत ओजिटिको पैसा नदिएको भनेर मुखमुखै जवाफ पर्काएका छन् ।
.png)
उनले लखेको छन् –“कति झुठ बोल्नु हुनछ सर परिक्षा सुल्क न लिने तर भेट को पैसा लुट्ने । कोचिङ मा जोर जबर्जस्ति छैन रे कोचिङ न पढे नाम काट्ने लुटेराहरु हुन तपाईंहरु ।”
आफ्नै विद्यार्थीहरुले प्रधानाध्यापक पवन मण्डलको बारेमा पर्दाफास गर्न थालेपछि उनले अर्को प्रतिक्रिया जनाएका छैनन् ।
(2).png)
यस्तै, सो विद्यालयबाट निःशुल्कको नाममा ठगिएका विद्यार्थीहरु, विभिन्न ब्याचका विद्यार्थीहरु न्यूज ब्यूरोको सम्पर्कमा आउन थालेका छन् ।
चर्चित डान्सर प्रिति पासवानसँग जोडेर निजी भिडियो प्रसारित, सामाजिक सञ्जालमा व्यापक चर्चा
- २०८३ जेठ २५ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । चर्चित नृत्याङ्गना प्रिति पासवानसँग जोडेर एक निजी प्रकृतिको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा प्रसारित भएपछि त्यसले व्यापक चर्चा पाएको छ। पछिल्ला केही दिनयता फेसबुक, टिकटक, म्यासेन्जर तथा
पूरा पढ्नुहोस्





