जनमत पार्टीको राष्ट्रिय उपमहासचिवमा निर्मल कुमार मण्डलको उम्मेदवारी

२०८३ असोज १ बिहीबार
बेलुकी ६:०० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य निर्मल कुमार मण्डलले राष्ट्रिय उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् ।

सिरहाको मिर्चैया नगरपालिका–१० निवासी ३८ वर्षीय मण्डल हाल पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्यका रूपमा रहेका छन् । उनले वि.सं. २०७६ सालमा जनमत पार्टीको सदस्यता लिएका हुन् । उनको सदस्यता नम्बर २६८९५ रहेको छ ।

मण्डलले मधेश आन्दोलनदेखि किसान आन्दोलन, संगठन विस्तार तथा प्रवासी मधेशी संगठन निर्माणसम्म विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको उम्मेदवारी विवरणमा उल्लेख गरेका छन् ।

उनका अनुसार उनले वि.सं. २०६२–६३ को मधेश जनआन्दोलनमा स्वतन्त्र नागरिकका रूपमा सहभागिता जनाउँदै मधेशका अधिकार र पहिचानका सवालमा सक्रिय भूमिका निर्वाह गरेका थिए । त्यसपछि वि.सं. २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मधेशी अधिकारका पक्षमा निर्वाचन अभियानमा सक्रिय सहयोग गरेको उनको राजनीतिक विवरणमा उल्लेख छ ।

वि.सं. २०७० सालको दोस्रो संविधानसभा निर्वाचनबाट सक्रिय राजनीतिमा प्रवेश गरेका मण्डल सिरहा निर्वाचन क्षेत्र नं. ६ बाट संविधानसभा सदस्य पदका उम्मेदवार बनेका थिए । निर्वाचनपछि सञ्चालन भएको स्वराज आन्दोलनमा समेत उनी सक्रिय रहेको विवरणमा उल्लेख छ ।

स्वराज आन्दोलनका क्रममा विभिन्न चरणमा गिरफ्तारसमेत भएको मण्डलको दाबी छ । वि.सं. २०७४ सालमा लहान क्षेत्रबाट र वि.सं. २०७८ सालमा संघीय मन्त्रीको मधेश प्रवेश निषेध आन्दोलनका क्रममा मिर्चैयाबाट गिरफ्तार भएको उनले बताएका छन् ।

किसान आन्दोलनमा सिरहा जिल्लाको नेतृत्वसमेत गरेको बताउने मण्डलले उक्त आन्दोलनका क्रममा आफूविरुद्ध ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रवसम्बन्धी मुद्दा चलेको उल्लेख गरेका छन् ।

मण्डलले वि.सं. २०७९ सालको स्थानीय तह निर्वाचनमा मिर्चैया नगरपालिकाको निर्वाचन पर्यवेक्षक तथा सोही वर्ष सिरहा–४ को निर्वाचन पर्यवेक्षकको जिम्मेवारी निर्वाह गरेको बताएका छन् ।

उनको विवरणअनुसार सिरहा–४ मा पार्टीले १६ हजारभन्दा बढी मत प्राप्त गरेको थियो भने सिरहा–४(१) बाट प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवार विजयी भएका थिए ।

मण्डलले सन् २०१५/१६ तिर साउदी अरबमा गैरआवासीय मधेशी संघ स्थापना गरी आफ्नो कार्यकालमा हजारौँ मधेशीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संगठनमा आबद्ध गराएको दाबी गरेका छन् ।

प्रवासमा रहँदा बाढी तथा आगलागीपीडितलाई सहयोग गर्नुका साथै विभिन्न समयमा पीडितको उद्धार तथा सहयोगमा समेत सक्रिय रहेको उनले बताएका छन् ।

जनमत पार्टीको संगठनात्मक गतिविधिमा पनि मण्डल निरन्तर सक्रिय रहेको विवरणमा उल्लेख छ । वि.सं. २०७७ सालको केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कार्यकारिणी समिति सदस्यमा मनोनीत भएपछि पार्टीले दिएको विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएको उनको दाबी छ ।

मधेश प्रदेशका आठवटै जिल्लामा संगठन विस्तार, अधिवेशन तथा पार्टीका विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको बताउने मण्डलले जनमत पार्टीबाट जिल्ला प्रशिक्षकको जिम्मेवारीसमेत पाएका थिए । उनले बारामा संगठन तथा प्रशिक्षणसम्बन्धी कार्यको नेतृत्व गरेको उल्लेख गरेका छन् ।

राष्ट्रिय उपमहासचिव पदमा उम्मेदवारी दिएका मण्डलले पार्टी संगठनलाई स्थानीय तहदेखि जिल्ला तथा प्रदेश तहसम्म थप सुदृढ र विस्तार गर्ने तथा राजनीतिक, संगठनात्मक र सामाजिक गतिविधिलाई निरन्तरता दिने आफ्नो राजनीतिक लक्ष्य रहेको बताएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जेनजी शहीद परिवार र घाइतेलाई लक्षित बजेट कार्यान्वयनमा सर्वोच्चको रोक

  • २०८३ असोज १ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । सर्वोच्च अदालतले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई लक्षित गरी आर्थिक ऐन, २०८३ मा गरिएको विशेष व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश डा.

पूरा पढ्नुहोस्

Bureau Menus