एमाले धनुषाद्वारा वृक्षारोपण तथा दीप प्रज्ज्वलन गरी संविधान दिवस मनाइयो

२०८३ असोज ४ आइतबार
बिहान ०८:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । संविधान दिवस २०८३ को अवसरमा नेकपा (एमाले) जिल्ला कमिटी धनुषाले वृक्षारोपण तथा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको छ ।

जिल्ला कमिटी धनुषाका अध्यक्ष भोला यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रतीक्षा तिवारी र मोहम्मद कैशसहित प्रदेश, जिल्ला तथा पालिका कमिटीका अगुवा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी नेताकार्यकर्ताले वृक्षारोपण गर्नुका साथै दीप प्रज्ज्वलन गरी संविधान दिवसको शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा संविधानको रक्षा, कार्यान्वयन तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा राजनीतिक दल र नागरिकको भूमिकाबारे समेत चर्चा गरिएको थियो ।

एमाले धनुषाले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी

  • २०८३ असोज ४ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus