कमला नगरपालिका हाकिम श्रवण साहको काठमान्डौँ सरुवा, कमलामा उपसचिव लम्साल आउँदै

२०८३ असोज ६ मंगलबार
बिहान ०७:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) श्रवण कुमार साहको सरुवा भएको छ । उनको काठमान्डौँ सरुवा भएको हो। 

भूमि व्यवस्था सहकारी, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सोमबार ३५ जना उपसचिवको सरुवा अन्तर्गत उनलाई काठमान्डौँ सरुवा गरेको हो । साहलाई काठमान्डौँको कागेश्वरी मनोहरा नगरपालिकामा सरुवा गरेको हो । 

कमला नगरपालिकाको लागि काठमान्डौँको तारकेश्वर नगरपालिकाका अधिकृत धर्मराज लम्साल आउने भएका छन् । 

आउँदो फाुगन महिनामै चुनावीको तयारी चलिरहेको समाचारहरु बाहिर आईरहँदा मन्त्रालयले मधेशको विभिन्न जिल्लाका स्थानीय तहको हाकिमको सरुवा गर्ने क्रम जारी राखेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो 

  • २०८३ असोज ६ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा लगाइएको “जमजम नगर र जामिया रोड” लेखिएको बोर्ड हटाइएको छ ।  जनकपुरधामको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र

पूरा पढ्नुहोस्

Bureau Menus