न्युज ब्यूरो, जनकपुरधाम । झिटकहिया युवा संगठनले खेलकुदमार्फत युवाबीच एकता, मित्रता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
‘खेलले जोड्छ, युवाले भविष्य बनाउँछ’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिता असोज २४ गतेदेखि झिटकहिया क्रिकेट मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने प्रत्येक टोलीले प्रवेश शुल्कबापत ३ हजार ५ सय रुपैयाँ बुझाउनुपर्नेछ । प्रतियोगिताको विजेताले ३५ हजार रुपैयाँ तथा उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’को पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आईसीसीका प्रचलित क्रिकेट नियम लागू हुने भए पनि एल्बीडब्ल्यू अर्थात् लेग बिफोर विकेटको नियम लागू नहुने जनाइएको छ । सबै खेल टेनिस बलबाट खेलाइनेछ ।
प्रतियोगिताका प्रारम्भिक खेल १६ ओभरका हुनेछन् भने फाइनल खेल २० ओभरको हुनेछ । खेलका क्रममा अम्पायरको निर्णय अन्तिम र बाध्यकारी हुने आयोजकले जनाएको छ ।
मैदानमा अनुशासन उल्लंघन वा विवाद सिर्जना गरेमा अम्पायरले ‘रेड कार्ड’ दिन सक्ने व्यवस्था गरिएको छ । दुईपटक रेड कार्ड पाएमा सम्बन्धित टोलीलाई प्रतियोगिताबाट तत्कालै अयोग्य घोषित गरिने नियम राखिएको छ ।
त्यस्तै, कुनै पनि टोलीले अनुरोध वा दाबी गर्नुअघि १ हजार रुपैयाँ ‘आयोजक शुल्क’ बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी खेलाडीले अनिवार्य रूपमा जर्सी, ट्राउजर र क्यापसहितको पूर्ण पोसाक लगाउनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन वा थप जानकारी लिन कप्तान रोशन मण्डल र उपकप्तान राम विनय यादवसँग सम्पर्क गर्न सकिने जनाइएको छ।
अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?
- २०८३ असोज १५ बिहीबार
न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ । महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु
पूरा पढ्नुहोस्





