लैंगिक समानता तथा महिला हिंसा [ कविता ] 

२०८२ असार १३ शुक्रबार
बिहान ०८:३७ बजे

      
समान भाव लिएर नारी पुरुष जुटौं 
समानताको हक ल्याउन अब नछुटौं 
लैङ्िगक समानता सबैको अधिकार 
हिंसा हैन अब बराबर गरौं सम्मान 

नारी पुरुष बराबर सडकमा कति रटने 
शोषण हिंसा बलात्कार अब कहिले हटने 
नारीलाई सम्मान गरे घर स्वर्ग बन्छ 
छोरी बुहारी एकै हुन समाजले भन्छ 

नारीको पहिचान हुन्न लगाउदैमा सारी 
काँधमा बोकेर हिडेका छन् लाखौं जिम्मेवारी 
नारीलाई किन हो यति कमजोर ठानेको 
देख्दैन्न यो संसार मिठो ममताले बानेको 

बाहिर जागिरमा जानु नै हुन्न भन्छन् 
धेरैको नारी परिवारमा दासी नै बन्छन् 
सचेत नभएर हिंसा बेहोर्नु परेको छ नारीले 
घरमै बस्नु पर्ने बाध्यता छ घुम्टो ओडेर सारीले 

महिला हिंसा विरुद्ध ज्ञान छरौँ 
समान हकको लागि केहि गरौ
महिलाहरु हिंसामा नपर्नु 
खराब काम कसैले नगर्नु 

नारी उठौ जागौ गाउ बस्तीबाट उठौ
अन्याय र नारी हिंसा अन्त्य गर्न जुटौं 
समाजमा नारी हिंसा सधैं हुन्छ बलात्कार 
राष्ट्रिय नारी हुँदा रोक्न लागौं लगातार 

एकै तराजुमा तौल जोखिएको थियो 
महिला भन्दा पुरुषलाई मान दियो
नरनारीले चलाएको यो हाम्रो सार 
सबै मिलेर महिला हिंसा गरौ पार !!


       राजन दास      

 शहिदनगर नगरपालिका
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा

  • २०८२ असार १३ शुक्रबार

न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् ।  आईतबार जसपा

पूरा पढ्नुहोस्

Bureau Menus