न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले आफू कर्मचारीलाई नकुटेको प्रतिक्रिया जनाएका छन् ।
सहायक लेखापाललाई मँगलबार कार्यालयमै हातपात गरेको भनेर उजुरी परेपछि मेयर मण्डलले अख्तियारबाट बच्नका लागि ममाथि मिथ्या आरोप लगाउँदै षडयन्त्र गरेको दाबी गरेका छन् ।
यसअघिका लेखा अधिकृत प्रशान्त देव यादबले गोप्य रुपमा सरुवा गराएर अन्यत्रै जाँदा कार्यालयमा कुनै जानकारी नदिएको तथा यसबारे सोधपुछ गर्दा विगत ३ महिनादेखि आफूसँग झुठो बोलेको भन्दै समान्य अभिभावकजस्तै झपारेपछि सहायक लेखापाल सुरेश कुमार मण्डलले आफूमाथि झुठा आरोप लगाएको दाबी गरेका छन् ।
तत्कालिन लेखा अधिकृत प्रशान्त देव यादवले गत पुस ९ गतेमै आफैले दर्ता चलानी गरी बरबुझारथ गरेको कागजात पाईएपछि कर्मचारीलाई झपारेको बताए । उनले लेखा अधिकृतलाई धनुषाधामबाट अन्यत्र जानको लागि कुनै सहमति नदिएको जनाउँदै बिना सहमति जाँदा सोधखोज गर्दा बरबुझारथ नभएको भन्दै आएका सुरेश मण्डलले नै बरबुझारथमा हस्ताक्षर गराएर कागजात गोप्य रुपमा चोरेर राखेको प्रमाण भेटेपछि कडा शब्दमा मात्र झपारेको बताए ।
मेयर मण्डलले भने, “सबै कर्मचारीहरुलाई बोलाएको थिए, सुरेशलाई पनि बोलाए । सो बीचमै मैले उहाँलाई झपारेको म स्वीकार गर्छु, तर हातपात गरेको कुरा बँग्याएर आफ्नो मानमर्दन गर्नुभएन नी । अख्तियारले श्रेस्ता माग गरिरहेको अवस्थामा बरबुझारथको सन्दर्भमा सुरेशले बरबुझारथ गरेको प्रमाण फेला परेपछि आक्रोसमा झपारेको हुँ, तर हातपात गरेको होइन् । मलाई फँसाउने षडयन्त्र गरिरहेको छ सुरेश र प्रशान्त ।”
सबै कागजात प्रक्रियाहरु अनलाईन रहेको बेला लेखा अधिकृत प्रशान्त यादवले आफ्नै मोबाईलमा ओटिपी हालेर पछिल्ला समयमा बरबुझारथ गरेको दाबी मेयर मण्डलले गरे । उनले यसअघि सबै कर्मचारीहरुलाई बोलाएर प्रशान्तको बरबुझारथको बारेमा सोध्दा कसैले थाहा नभएको जानकारी गराउँदा पनि सुरेशको संलग्न्ता देखिएको बताए ।
मेयर मण्डलका अनुसार, लेखाअधिकृत प्रशान्त देव यादवले यहाँबाट बरबुझारथ गरेको, अन्य ठाउँमा सरुवा भएको कुनै प्रकारको चिठी पत्र दर्ता नभएको दाबी गरे । उनले सँचारमाध्यमहरुमा आएको समाचार र आफूमाथि परेको उजुरीको सन्दर्भमा प्रतिउत्तर गर्ने बताउँदै खण्डन गरे ।
यता, अख्तियारको टोली सोमबार कार्यालय गएको अवस्थामा समेत कार्यालयको साँचो नदिएपछि विवाद सृजना भएको लेखा अधिकृत प्रशान्त देव यादवले बताए ।
न्यूज ब्यूरोसँगको कुराकानीमा यादवले लेखाको श्रेस्ता रहेको दराजहरुको साँचो कर्मचारी पुरुषोत्तम कुमार मण्डलसँग रहेकोमा अख्तियार समक्ष समेत दिने भनेपनि कर्मचारीमाथि कुटपिट भएको बताए । उनले लेखा शाखामा कम्यूटर अपरेटर रहेका पुरुषोत्तम मण्डलसँग साँचो रहेको अख्यितारलाई पनि जानकारी गराएको बताए ।
तर मण्डलले मेयरले भनेपछि मात्रै साँचो दिने भनेपछि विवाद भएको बताए । यसका साथै, आफूलाई अन्यत्र जानको लागि प्रमुख प्रशासकीय अधिकृतबाट (कार्यालय) बाट सहमति लिएरै गएको बताए । उनले मुख्यमन्त्री कार्यालयबाट दुवै ठाउँको सहमति दिएपछि मात्रै गरेको दाबी गरे ।

.jpeg)
सबै पत्र, चिठीहरु समेत दर्ता चलानी अधिकारीक रुपमै गरेर सरुवा भएको दाबी यादवले गरे । मेयरले लगाएको आरोपमा कुनै सत्यता नरहेको र बोल्नुपर्ने ठाउँमा बोल्ने, सबुत प्रमाण दिने बताए ।
भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला
- २०८२ चैत २४ मंगलबार
- न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है। जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन
पूरा पढ्नुहोस्






