बीरेन्द्रबजारको 'धनुषा पेट्रोल पम्प' मा १५ लिटर डिजल लिएका युवकसँग पैसा मागेपछि लफडा गरेको आरोप

२०८३ श्रावण २ शनिबार
दिउसो ३:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमानचारनाथ नगरपालिकाको बीरेन्द्र बजार लगत्तै रहेको धनुषा पेट्रोल पम्पमा एक ग्राहकसँग डिजेल लिएको रकम मागेपछि लफडा भएको छ । 

धनुषा गणेशमान चारनाथ नगरपालिका वडा नं. २ राधापुर बस्ने स्थानीय एक युवकले बीरेन्द्रबजार र धारापानीको बीचमा रहेको धनुषा पेट्रोल पम्पबाट १५ लिटर डिजेल लिएकोमा पैसा मागेपछि कम डिजेल दिएको भनेर पेट्रोल पम्पका कर्मचारीसँग लफडा भएको बतााईएको छ । 

युवकले गैलनमा १५ लिटर डिजेल भराए । जब पैसा मागे अनि उसले डिजल कम दिएको भनेर नाप्न जिद्द गर्न थाले । डिजेलको पैसा नमागेसम्म शान्त बसेका ती ग्राहक युवकले पैसा माग्ने बित्तिकै डिजेल कम दिएको भनेर आरोप लगाउन थालेको पम्प कर्मचारीको भनाई छ । 

ती युवक यसअघि पनि सोही पेट्रोल पम्पमा कैयौँ पटक लफडा गरेको जनाईएको छ । युवक कसैको उक्साहटमा पेट्रोल पम्पलाई बदनाम गर्नको लागि पटक पटक यस्तो गरेको आरोप पेट्रोल पम्प सँचालकको छ । पम्पका एक कर्मचारीसँग भएको व्यक्तिगत रिसबीको कारण उनले पटक पटक कम दिएको भनेर भिडियो बनाउने, अनाहकमा मिथ्या आरोप लगाउँदै आएको आरोप सँचालकको छ । 

पेट्रोल पम्पका व्यवस्थापन पक्षका एक कर्मचारीले भने, –“ती युवकले डिजेल भराएर आफ्नो गाडीमा झुण्डाए । १५ लिटरको गैलनमा डिजेलको बिर्को लगाएर गाडीमा झुण्डाए र गाडी स्टार्ट गरे । जब डिजेलको पैसा मागे, अनि उसले कम डिजेल दिएको भनेर लफडा गर्न थाले । उनकै अगाडी १५ लिटर डिजेल नापे । नाप्ने बेलामा भाँडोले सोस्ने, केही उडने, केही भुईमा खस्यो, सोस्यो । अब १५ लिटर मापन गर्दा खसेर, सोसेर, नोक्सान भएर करिब ३०० एमएल जति घटी भयो । यो त स्वभाविक प्रक्रिया हो । एकै लिटरलाई ३ पटक नापतौल गरिए ५० एमएलसम्म कम हुन सक्छ । हामीले ईन्धन घटी दिएका छौँ भने निकायमा उजुरी गरेर कारवाही गर्नुपरो । कि बदनाम गर्नकै लागि प्रोजेक्टेड भएर गर्नु भएन् । पटक पटक यही मान्छे लफडा गर्न आउँछ फेरी ।”

भारतबाट समान ओसार पोसार, बिलेकियाको समेत काम गर्दै आएका ती ग्राहकले पेट्रोल पम्पलाई बदनाम गर्ने नियतका साथ आउने गरेको बताए । 

यता, ती युवकले भने डिजेल कम दिएको दावी गरेका छ्न । १ लिटर कम दिएको दावी उनको छ । यधपी नापतौल विभागले चेक गर्ने जनाएको छ । 

पेट्रोल पम्प संचालकले भने ती युवक बदनाम गर्ने उदेश्यकै साथ आएको दावी गरेको छ । सोही ठाउँबाट नापतौलमा सम्पर्क गर्न खोजेपछि उनको नियत स्पष्ट भएको बताए । 

संचालकले भने जतिबेला नापतौल आएर चेकजाँच गरि स्पष्ट गर्न आग्रह समेत गरे । आफ्नो दोष भए कानून बमोजिम कार्वाही भोग्ने बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

Bureau Menus