न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा फरार रहेका धनुषाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार यादव रहेका छन् । यादवले २०८० साउन १५ गते आफ्नै घरमा ढुंगा प्रहार गरी श्रीमती रुबी शर्माको हत्या गरेको आरोप लागेको थियो ।
घटनापछि फरार रहेका यादवलाई उच्च अदालत जनकपुरधामले २०८३ जेठ २२ गते ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
अदालतको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले यादवलाई लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित खसी बजारबाट पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई प्रहरीले नियन्त्रणमा राखेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार सोमबार अदालत खुलेपछि यादवलाई अदालतमा उपस्थित गराई फैसला कार्यान्वयनको प्रक्रिया अघि बढाइनेछ ।
चारै शहिदलाई पूर्व न्यायधिश डा.सल्लाहुदिन सिद्धिकीले भने उपद्रवी, शहिद घोषणाले शहिदको अपमान भएको दाबी
- २०८३ भदौ ८ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । उच्च अदालतका पूर्व न्यायधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले सरकार शहिद घोषणा गरेका चारै जनालाई उपद्रवीको सँज्ञा दिएका छन् । उनले आफ्नो अधिकारिक फेसबुक पेजमा हिन्दु मुस्लिम विवादको
पूरा पढ्नुहोस्


.png)


