न्यूज ब्यूरो, बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ कि तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका घर भएका विद्यार्थी प्रदीप खड्का रहेका छन्। घरबाट हराएको ३ दिनपछि गत भदौ २ गते बालिका गरिमा मृत अवस्थामा भेटिएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिइएको छ। गए राती थप एक जनालाई नियन्त्रणमा लिए संगै पक्राउ पर्नेको संख्या ९ जना पुगेको छ ।
उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
तीजको रौनकसँगै जनकपुरकी पूजा ठाकुरको ‘तीजैमा छमछम’ रिलिज, लोभलाग्दो दृश्याँकन
- २०८३ भदौ ८ सोमबार
जनकपुरधाम । नेपाली महिलाको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ । जनकपुरकी चर्चित कलाकार पूजा ठाकुर मुख्य अभिनयमा देखिएकी हुन् । देशी फिल्म्सको
पूरा पढ्नुहोस्


.png)


