न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका खेलकूल तथा समाज कल्याण मन्त्री ई. बसन्त कुमार कुशहावाले आउँदो चैत्तमा मधेश प्रिमियर लीग सँचालन गर्ने निर्णय भएको बताएका छन् ।
मँगलबार मन्त्री कुशवाहाको अध्यक्षतामा बसेको मधेश खेलकूद परिषद्को तेस्रो बैठकले आउँदो चैत्तमा मधेश प्रिमियर लीग सँचालन गर्ने निर्णय गरिएको हो । यसका साथै थप ६ वटा मुख्य निर्णयहरु गरिएको हो ।
बैठकबाट खेलकूद सम्बन्धी वार्षिक कैलेंडर तैयार गर्ने, सम्पूर्ण खेलहरूको स्थल तथा निर्माण कार्य सम्बन्धी मापदण्ड तैयार गर्ने, खेलकूद स्वयंसेवकहरूको रोस्टर तैयार गरी सामुदायिक बिद्यालयहरूमा प्रशिक्षकको जिम्मेवारी दिन पहल गर्ने, सुर्खेतमा हुने १०औ राष्ट्रिय खेलकूद प्रतियोगितामा सक्रिय सहभागिता गर्ने, मधेश प्रदेशमा ११औ राष्ट्रिय खेलकूद प्रतियोगिता २०८३ फाल्गुनमा संचालन गर्न आवश्यक पहल तथा पुर्वाधार निर्माण कार्य गर्ने र मधेश प्रदेशमा रहेका खेलकूद संघ संस्था दर्ता गर्ने प्रक्रिया शुरू गर्ने निर्णय गरिएको मन्त्री कुशवाहाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
- २०८२ पौष २९ मंगलबार
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको
पूरा पढ्नुहोस्




